काठमाडौं, २४ असोज । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाले ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले केही समय अगाडी आईपीओ जारी गरेको थियो । संस्थाको हाल १० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । अब राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।