काठमाडौं, २५ असोज । सानिमा बैंकको कात्तिक १४ गते साधारण सभा हुने भएको छ । बैंकको असोज २२ गते बसेको संचालक समितिको बैठकले १७औं सभा आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
सभाले ०७७/७८ वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नुका साथै १७ प्रतिशत बोनश शेयर र ०.८९ प्रतिशत कर प्रयोजनको लागि लाभांश वितरणको प्रस्ताव गरेको हो । साथै संस्थापक समुहबाट ३ जना संचालकको समेत निर्वाचन सभाले गर्ने भएको छ ।
सभा प्रयोजनको लागि कात्तिक ७ गते बुक क्लोज गर्ने भएकोले कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।