Logo

राप्रपा नेपालका महामन्त्री गुरुङको योगदानको स्मरण



काठमाडौँ, २५ असोज: नेकपा(एमाले) संसदीय दलका उपनेता सुुवास नेम्वाङले मुलुकमा उत्पन्न परिस्थिति र राजनीतिक निकासका लागि दलहरु एक ठाउँमा उभिएर छलफलका माध्यमबाट निकर्षमा पुुग्न आवश्यक रहेको बताएका छन्।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुुरुङको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो सघर्ष र बलिदानका उपलब्धीलाई कमजोर हुन नदिन राजनीतिक दल एक ठाउँमा उभिन पर्ने बताए ।

पूर्वउपसभामुख नेम्वाङले भने, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै छलफलका माध्यमबाट सहमतिमा पुुगेर निकास दिनुु हो, मुलुुक र जनताको हितका लागि दल एक ठाउँमा नउभिइ सुुखै छैन, उभिनै पर्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देश र जनताका हितका खातिर जनमत सङ्ग्रहविना राजतन्त्र, धर्मनिरपेक्षताका विषयमा निर्णयमा पुुग्न हुुन्न भनी सशक्त मत राख्ने स्व. गुुरुङ मिलनसार, प्रखरवक्ता र सिद्धान्तनिष्ठ नेता रहेको बताए ।

उनले भने, “लोकतन्त्र स्थापनापछि विकास र समृद्धिका हिसाबले मुुलुकले काँचुली फेर्ने आशा गरिए पनि पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानूूनी राज्यको उपहास भइरहेको छ ।” जनआन्दोलन २०६२-६३ का बलमा स्थापित ३१ दलको प्रतिनिधित्व रहेको संसद्मा राप्रपा संसदीय दलका नेता गुुरुङले गणतन्त्र, धर्मनिरपेक्षतालगायत विषयमा दलको अडान सशक्तरुपमा राखेको वक्ताहरुले स्मरण गरे ।

सोही दलका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाणि र काममा एकरुपता कायम राख्दै राजनीति मूूल्य मान्यता, आदर्शमा नडगमगाउने स्व. गुरुङ सबैसँग मित्रता र वन्धुुत्व कायम गर्न सक्ने क्षमतावान नेता रहेको बताए ।

वर्तमान शासनप्रणालीको आधार तयार गर्ने सवालमा राप्रपा रहेको स्मरण गराउँदै अन्य सहभागी वक्ताले स्व गुुरुङका नाममा स्थापित स्मृति अध्ययन प्रतिष्ठानलाई देशका समसामयिक विषयमा छलफल चलाउन सुझाव दिe। अर्वुद्ध रोगको उपचारका क्रममा उनको केही वर्षअघि निधन भएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्