काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताएका छन् ।
बडादसैँको अवसरमा भिडिओ शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन् ।
उनले कोरोना नियन्त्रणका उपायहरूलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन् । साथै, उनले दसैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरका छन् ।
वडा दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नुहुने सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना। pic.twitter.com/NsDt2d91zp
— Sher Bahadur Deuba (@SherBDeuba) October 15, 2021