काठमाडौं, २९ असोज । आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ ।
टीका लगाउने तरिका यस्तो छः
- टिका लगाउने मान्छे पूर्व फर्कने
- लगाइदिने मान्छे पश्चिम फर्कने
- विशेष तरिकाले पञ्चतव्ये खाने
- सुनपानी खाने
- चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई अर्घ दिने
अनि आशिर्वाद दिने