काठमाडौं, ३० असोज । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले जनता निराशा नभएको जिकिर गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो सरकारले विस्तारै जनतामा आशा जगाउनेगरि काम गर्ने पनि विश्वास दिलाईन् ।
उनले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको पनि दाबी गरिन् । उनले नेपालमा गणतन्त्रलाई कुनै खतरा नभएको पनि जिकिर गरिन् । उनले जनताले अब फेरि राजा फर्काउने काम नगर्ने भन्दै राजासहितको लोकतन्त्र असम्भव भएको स्पष्ट पारिन् ।