
काठमाडौं, ३० असोज । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् ।
नेपालले गोलका केही अवसर खेल फालेको छ ।
भारतले गोलका बढी अवसर सृजना गरिरहेको छ । कप्तान सुनील क्षेत्रीले केही राम्रा अवसर गुमाएका छन् ।
नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।