Logo

शिल्पा शेट्टीको नयाँ हेयर स्टाइल चर्चामा



एजेन्सी, २ कात्तिक । बलिउड अभिनेत्री शिल्पा शेट्टीको फिटनेस र स्टाइलको कारण सधै चर्चा हुने गर्छ । शिल्पाको फेशन सेन्स, उनको स्टाइलिश आउटफिट्सलाई धेरैले मन पराउछन् । भर्खरै मात्र उनले एउटा भिडियो शेयर गरेकी छिन् ।

वास्तवमा भिडियोमा शिल्पा आफ्नो नयाँ हेयरस्टाइलमा देखिएकी छिन् । उनले अंडरकट गराएकी हुन् । अभिनेत्रीले आफ्नो टाउकोको तल्लो भाग मुडाइदिएकी हुन् ।

यो भिडियोमा शिल्पा जिम हाउसमा देखिएकी छिन् । भिडियो शेयर गर्दे शिल्पाले लेखेकी छिन्, ‘प्रत्येक दिन जोखिम नउठाई तथा कन्र्फट जोन बाहिर नगई बाच्न सकिदैन् ।’ शिल्पाको नयाँ हेयरस्टाइललाई फ्यानहरुले निकै मन पराएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot