Logo

महाकाली नदीमा आएको बाढीले चार लेनको पहूँच मार्ग भत्कायो



महाकाली, २ कात्तिक । आइतबार राति देखि लगातार भएको वर्षाको कारण महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको सडकखण्ड भत्काएको छ । महाकाली नदीमा आएको बाढीको उच्च बहावको कारण भुजेलादेखि दक्षिण र पुल निर्माणाधिन उत्तरतिर पहुँचमार्गको सडकखण्ड भत्काएको हो ।

नदीको अझै सडक कटान गर्ने कार्य जारी छ । पहुँचमार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको स्थानियले जनाएका छन् । महाकालीमा पानीको सतह बढेर ३ लाख ९१ हजार क्युसेक पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्