Logo

किसानहरुलाई राहत र क्षतिपुर्ति दिलाउन सरकारसँग प्रचण्डको माग



काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविरल वर्षाका कारण बढि मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत तथा क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । आज एक विज्ञप्ती निकाल्दै अध्यक्ष दाहालले यस्तो माग गरेका हुन् ।

उनले बाढीपहिरोमा फसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग विशेष अनुरोध गरेका छन् ।

दाहालले उक्त विपद्मा ज्यान गुमाएकाहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । त्यस्तै, बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा आग्रहसमेत गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्