Logo

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश आजसम्म सुरक्षित गर्न सकिने



काठमाडौं, ४ कात्तिक । माछापुच्छ्रे बैंकले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरण गर्नको लागि कात्तिक ७ गते एकदिन बुक क्लोज गर्ने भएको छ । कात्तिक ५ र ६ गते बिदा पर्ने भएकोले कात्तिक ४ (आज) सम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकको सभा कात्तिक २६ गते होटल ग्रान्ड पार्दी पोखरामा हुने भएको छ । सभाले कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरी पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्