काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन् ।
विगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई ज्वरो कम नभएपछि आज दिउसोबाट वीर आस्पतालमा भर्ना भएको प्रेम गुरागाँईले जानकारी दिए ।
उनकाअनुसार डाक्टरको सल्लाहबमोजिम ७ दिन सम्म भेटघाट पुर्ण रुपमा वन्द गरिएको छ ।