काठमाडौं, कार्तिक ८ । भिरबाट लडेर घाईते भएका पत्रकार किसन राईको मृत्यु भएको छ । राई दुई दशकदेखि हङकङमा रहेर पत्रकारिता गर्दै आएका थिए ।
पुर्खौली घर ओखलढुङ्गाबाट धरान आउने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेका थिए । उनी
गाडी रोकेर दिसापिसाब गर्ने क्रममा भिरबाट लडेका थिए ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् ।
राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक हुन् । त्यसैगरी उनी नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत हुन् ।