Logo

१४ न्यायाधीशहरुको संयुक्त बैठक सकियो, भोलि प्रधानन्यायाधीशलाई भेट्ने



काठमाडौं, ८ कार्तिक । आज बस्ने भनिएको सर्वोच्च अदालतको पूर्ण बैठक बहिष्कार गरेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूको छुट्टै बैठक बसेको छ। सर्वोच्च अदालतमै बसेको बैठक भर्खरै सम्पन्न भएको छ । १४ जना न्यायाधीशहरुले भोलि (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्ने निर्णय गरेका छन् । र, त्यसलगत्तै आफ्नो संयुक्त धारणा बनाउने भएका हुन् ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने आवाज अदालतभित्रैबाट उठ्न थालेको छ । हिजोमात्रै प्रधानन्यायाधीश जबरासँग नेपाल बार एशोसिएसनका पदाधिकारीले भेटेका थिए । उक्त भेटमा प्रधान्यायाधीश जबराले बारसहितको सर्वोच्चको पूर्ण बैठक बोलाउने भनेका थिए ।

तर, हिजै १४ जना न्यायाधीशहरुले बैठक बहिष्कार गर्ने चर्चा चलेको थियो । आजका अदालतका ईजलास सबै प्रभावित बनेका छन् । बारका पदाधिकारीसँग प्रधानन्यायाधीश जबराले भोलिबाट गोलाप्रथाबाट पेशी तोकिने पनि प्रतिबद्धता जनाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्