Logo

गणेशमान सिंहबाट राजनीतिक दलले त्यागको भावना सिक्नुपर्छः नेता सिंह



काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवन काल भरि संघर्ष गरेका लौह पुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्याक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन् । नेपाली राजनीतिले गणेशमान सिंहबाट सिक्नु पर्ने त्यागको भावना नसिकाले अहिले राजनीति प्रति निरासा छाएको बताएका हुन् ।

आज गणेशमान सिंह फाउण्डेस बिर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता सम्पन्न गराउन खेलेको भुमिकाको स्मरण गर्दै खेल मार्फत नयाँ पुस्तामा गणेशमान सिँह को व्यक्तित्व पुराउनु पर्ने बताएका हुन्।

वीर गणेशमान सिंहले उनको नेतृत्वमा प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्ष म आफै प्रधानमन्त्री बन्न होइन भनेर उनले अस्विकार गरेको स्मरण गर्दै ‘उनको मनसाय राजाले बनाएको प्रधानमन्त्री भन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देस दिनु नै महत्त्वपूर्ण उपलब्धि रहेको समेत बताएका हुन् ।

समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आर्दशको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बडिरहेको बेला गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए है भन्ने कुरा नयां पु्स्ता सम्म पुर्याउनु जरुरि रहेको समेत बताएका छन् ।

यस्ता टुर्नामेण्टले नेपालका खेलाडीलाई अबसरको हुनसक्ने बताए भन्दै । अहिले खेलकुदलाई प्रोत्साहन गर्न सरकारले समेत विशेष ध्यान दिनु पर्ने बताएका छन् । खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले राष्ट्रलाई योगदान पुराउने समेत उनले बताएका छन् । आजबाट सुरु भएको यो प्रतियोगिता ज्ञट गते सम्म चल्ने छ ।



प्रतिक्रिया दिनुहोस्