काठमाडौं, ९ कात्ति क । आज शेयर बजार परिसुचक नेप्से ७८ अंकले बृद्धि भएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से ७८ दशमलव ८२ अंकले बढेर २७ सय ५१ दशमलव ७ उच्च विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ५० अंकले बढेर ५१६ दशमलव ७ उच्च विन्दुमा रोकिएको छ ।
मंगलबार २२७ कम्पनीको ७२ हजार ९७३ पटक शेयर कारोबार भएर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ बराबरको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समुहका नेप्से सुचक बढेका छन् । नेप्सेमा आज हरियाली छाएको छ।