Logo

न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छः प्रधानमन्त्री



मकवानपुर, कार्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने प्रस्ट पारेका छन् । बुधबार नेपाल तरुण दलले उनकै निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अदालतमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने बताएका हुन् ।

‘हाम्रो पाँच दलीय गठबन्धन छ, न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छ, न्यायालयका सम्बन्धमा सरसल्लाह गरेर जान्छौं, धेरै कुरा गर्नुछैन,’ प्रधानमन्त्री देउवाले भने ।

देउवाले न्यायालयका विषयमा राजनीतिक दलले धेरै टीकाटिप्पणी गर्नु आवश्यक नभएको पनि बताए । उनले परमादेशको विषय उठाएर विपक्षी दलका नेता केपी ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै जथाभावी बोल्न आवश्यक नरहेको तर्क गरे ।

उनले परमादेशले संविधान, राष्ट्र र प्रजातन्त्रलाई बचाएको दाबीसमेत गरे । देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको पनि बताए ।

सो क्रममा देउवाले गजेन्द्र हमाल आफ्नै दलको मान्छे भएको भन्दै हमालको बचाउ गर्दै भने, ‘बिचरा † हमालजी मेरै पार्टीका मान्छे हुन्, उनले राजीनामा पनि दिइसके, फेरि यही कुरा उठाइँदै छ ।’ राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्