Logo

मेरो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर लेख्न र सुन्न पाउनुहुन्न : मन्त्री खतिवडा



काठमाडौँ, ११ कात्तिक: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उनले आफ्नो कार्यकालमा भ्रष्टाचार नहुने स्पष्ट पारेका छन् । स्वास्थ्य पत्रकार मञ्चले आज (बिहीबार) मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा अनियमितता भएको सुन्न नपर्ने विश्वास व्यक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने ‘मेरो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर लेख्न र सुन्न पाउनुहुन्न र पाउन दिन्न भनेर अठोट गरेको छु ।’ अहिलेको प्राथमिकतामा हरेक नागरिकले खोप पाउनबाट कोही पनि वञ्चित हुन नपर्ने र छिटो कसरी खोप अभियान सम्पन्न कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने ।

१५ दिनभित्र १ करोड डोज कोरोना खोप आइपुग्ने पनि उनले बताए । ‘१८ वर्ष माथिकाले अहिलेसम्म लगाए । अब १२ वर्ष माथिकालाई पनि लगाउने मिल्ने खोप डब्लूएचओले मान्यता दिइसकेको फाइजर र मोडर्नाको १ करोड डोज खोप बुक गरिसकेका छौँ । ५० लाखलाई लगाउन पुग्छ । सम्भवतस् १५ दिन आसपासमा आउँछ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्