Logo

संक्रमण बढेपछि मस्कोमा लकडाउन



एजेन्सी, ११ कात्तिक : रुसको राजधानी मस्कोमा कोरोना संक्रमण बढेपछि लकडाउनको घोषणा गरिएको छ । मस्कोमा फार्मेसी र सुपरमार्केटबाहेक अन्य पसल बन्द गरिएको जनाइएको हो ।

रुसमा कोरोना तिब्ररुपमा बढिरहेको देखिएको छ । मंगलबार रुसमा कोरोनाबाट ११ सयको मृत्यु भएको छ । मस्कोस्थित वाल्जिस्की अस्पतालका डा. रोमन मिरोनोवले अहिले अस्पताल भरिएको र हरेक दिन १० प्रतिशत डिस्चार्ज भएको र त्यति नै संख्यामा भर्ना हुने गरेको बताएका छन् ।

रुसले आफैले खोप बनाएपनि खोपको उपलब्धता नभएको समेत बताएका छन् ।रुसमा अहिलेसम्म ८ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ३३ हजार भन्दा बढीको ज्यान गएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्