Logo

आज पहाडी भू–भागमा वर्षाको सम्भावना



काठमाडौं, कात्तिक १२ । आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।शनिबार पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्