Logo

जुवातास खेलिरहेको अवस्थामा पक्राउ



काठमाडौँ, १२ कात्तिक। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङ समेत ६ जनालई कौडा खेलिरहेको अवस्थामा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले जुवातास खेलाइहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ६३ हजार १ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी चौरमा जुवाको रुपमा ओखर खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ सुन्दरीजल बस्ने ४० वर्षीय जनक बहादुर तामाङ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त चौरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७५ हजार ६ सय ३० रुपैयाँ र जुवा खेल्न प्रयोग भएको ११ वटा ओखर सहित पक्राउ गरेको हो ।

नुवाकोट, बिदुर नगरपालिका-५ गंगटे बस्ने २८ वर्षीय नबिन चित्रकारको कोठामा तास खेलिरहेको अवस्थामा चित्रकार लगायत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई ३ लाख ५२ हजार रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्