Logo

संसद्को चालू अधिवेशन अन्त्य



काठमाडौँ, १२ कात्तिक। ससंदको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरि संसद्को चालू अधिवेशनको अन्त्य गरेकी हुन् ।

पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको थियो । तर, विपक्षी दलको विरोध र नारावाजीकाबीच पनि सभामुख सापकोटाले कार्यसूची अगाडी बढाउँदै आएका थिए ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक कार्तिक २९ गतेका लागि तोकेका थिए ।



प्रतिक्रिया दिनुहोस्