Logo

एमाले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैन् : कृष्णभक्त पोखरेल



काठमाडौं, १२ कार्तिक । नेकपा (एमाले) का नेता तथा सांसद कृष्णभक्त पोखरेलले समग्र न्यायापालिकाभित्र देखिएको विृकित र विसंगति हटाउनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी त समग्र न्यायापालिकाको सुधारको पक्षमा छौं ।’ आफ्नो पार्टीले अहिले वाचडगको रुपमा हेरिरहेको पनि सुनाए । उनले भने,‘नेकपा एमालेले वाचडगको रुपमा हेरिरहेको छ । माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरौं । त्यसमा कहाँ कानून बनाउनुपर्छ हामी तयार छौं ।’

उनले सत्तापक्षले संसद्लाई आफ्नो स्वार्थअनुसार चलाएको पनि टिप्पणी गरे । उनले भने,‘संसद् बस्छ, अमुक पार्टीलाई फुटाउनको लागि स्थापना हुन्छ। अनि सबै पार्टी फुटाएपछि फेरि बोलाईन्छ । लोकतन्त्रमा पार्टी बलियो हुनुपर्छ । अध्यादेश ल्याएर पार्टी विभाजन गर्नु गलत हो । अहिले संसद्को अधिवेशन अन्त्य गरिएको छ। कुनैपनि संसद्को बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिअनुसार चल्नुपर्ने हो, तर परामर्श समितिको बैठक बसेन । पेलेर जाने हिसाबले संसद् चल्न थाल्यो । यो गलत हो ।’



प्रतिक्रिया दिनुहोस्