Logo

कालो कोटको बर्दीमा गुण्डागर्दी भयो, कारबाही हुनुपर्छ : स्वतन्त्र नागरिक समाज



काठमाडौं, १२ कात्तिक । स्वतन्त्र नागरिक समाजले न्यायालयमा राजनीति घुसाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायालयलाई ध्वस्त पार्न खोजेको निष्कर्ष निकालेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पक्रकार सम्मेलन गरेर समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर न्यायालयलाई ध्वस्त पार्न खोजेको निष्कर्ष निकालेको हो ।

इतिहासकार डा.प्रेमसिंह बस्नेतले सर्वोच्च अदालतमा वकिलहरुको समुह भित्रै शुक्रबार वकिलले कुटाई खाएको प्रति ध्यानाकर्षण गराए । ‘होली वाइन माधव नेपालको आशिर्वाद, एमसीसीका पिता शेरबहादुरको आशिर्वाद लिएर आएकाहरु आज न्यायाधीश भएका छन्,’ बस्नेतले भने,‘राजनीतिक नियुक्त लिएर आएकाहरुले नै गुण्डागर्दी शैलीमा कुटपिटमा उत्रिएका छन् ।’

उनले पुर्वप्रधानन्यायाधीश शुशिला कार्कीको आलोचना गरे । कार्की आफ्नो आङमा भैसी नदेख्ने अर्काको आङमा जुम्रा पनि देखेकोमा सबै लज्जित भएको टिप्पणी गरे । उनले कार्की लगायतलाई खलपात्रको संज्ञा दिदै उचालेर न्यायालयको धज्जी उडाएको आरोप लगाए । उनले नेपालबाट राजसंस्थासँग न्याय र धर्म फालेको भन्दै आलोचना गरे ।

न्यायालयभित्रै वकिल कुटिएका भन्दै आपत्ती प्रकट गरे । नेपाल बार एसोशियसन आफै गुण्डागर्दीमा प्रस्तुत भएको आरोप लगाउँदै बस्न्यातले भने, ‘तपाईँका वकिल हुन् की डन हुन् ?’ उनले सन् २००४ मा रुवाण्डामा ६÷७ सय वकिललाई वर्खास्त गरिएको स्मरण समेत गराए । सुनकाण्ड, विभिन्न काण्डको बारेमा बोल्न पर्ने भन्दै उनले राजनीतिक दलको आडमा कालो कोट लगाउनेले बितण्डा मच्चाइरहेको समेत आरोप लगाए । उनले भने, ‘उनीहरुलाई सरकारले कडा कारवाही गर्नुपर्छ ।’ उनले न्यायाधीशहरुलाई गल्लीको डनको संज्ञा दिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले किन राजीनामा दिने भन्दै उनले देशका संविधान केही दुश्मनहरुले बनाएको आरोप लगाए । उनले भने, ‘चोलेन्द्रको राजीनामा माग्नु अगाडि संविधान खारेज गर्नुपर्छ ।’

बस्न्यातले चोलेन्द्र शमशेर जबराबारे भने, ‘तपाईं वीर शमशेरको पुस्ता हुनुहुन्छ तपाई नर्लकाउनुस्, तपाई नआत्तिनुहोुस् । तपाईले राजीनामा नदिनोहोस् ।’ उनले कानुन व्यवसायीहरुले कालो कोटको बर्दीमा गुण्डागर्दी बन्द गर्नुपर्ने बताए ।

स्वतन्त्र नागरीक समाजका संयोजक हेम बिक्रम सिलवालले देशका राजनीतिक दलहरु जे कुरामा पनि भागवण्डामा गएको आरोप लगाए । उनले भने,‘हाम्रो विश्वासको धरोहर भनेको सर्वोच्च अदालत हो । यस्तो परिस्थितिमा सबैपक्ष गम्भीर हुनु जरुरी छ । आज न्यायालयमा भईरहेको हस्तक्षेपबाट जोगाउनु पर्छ ।’

धर्मलाई विस्थापित गरेकाले न्यायालयमा आक्रमणसम्मको अवस्था बनेको टिप्पणी गरे । प्रधानन्यायाधीको विषयको द्वन्द्वले भविष्यमा गम्भिर असर पुग्ने बताए । ५ जना वकिलले राजीनामा माग्दैमा दिने हो भने कहिल्यै निकास ननिस्कने उनको भनाई थियो । राजनीतिक दलहरु पुर्णरुपमा असफल भएको उनको भनाई थियो । अब नेपाली नागरिकहरु झन्डा लिएर उत्रनुको विकल्प नरहेको भन्दै न्यायालयलाई बाँकी नराख्नेले नेपाली सेनालाई बाँकी नराख्ने टिप्पणी गरे । उनले भने,‘नेपाल भनेको राजासहितको देश हो यो देश राजाले नै बनाएको हो, त्यसैले राजा चाहिन्छ ।’

पत्रकार प्रकाश रायमाझीले देशमा कानुनी राज्य भएकोले विधिको सबैले पालना गर्नु पर्ने बताए । उनले कोही स्वतन्त्र नभएको भन्दै संवैधानिक अंग सबै भागवण्डामा रहेको जिकिर गरे । गठबन्धन सरकारले परमादेश जारी गर्दा प्रधानन्यायाधीश जबराको देवत्वकरण गरेको भन्दै अहिले भागवण्डा खोजेपछि प्रधानन्यायाधीशलाई हटाउन खोजेको उनले आरोप लगाए । उनले भने,‘जबरा अहिले कुनै पनि हालतमा बेठिक छैनन् ।’

न्यायाधीशको नाममा माफिया बढेको उनको भनाई थियो । न्याय क्षेत्रमा यस्तो हुन्ु निकै बिडम्बना भएको उनले जिकिर गरे । देश भागवण्डामा गएको भन्दै त्यसको असर प्रधानन्यायाधिसमा देखा परेको उनले बताए । उनले प्रधानन्यायाधीशको राजीनामा माग्ने कानुन व्यवसायीहरु सबैलाई दलालीको संज्ञा दिँदै जबराले मात्रै राजीनामा दिएर समस्या समाधान नहुने उनको भनाई छ ।

अधिवक्ता भुमिनन्द चुडालले कानुन व्यवसायी भएर काम गरेको ३५ वर्ष भएको भन्दै इतिहासमा पहिलो पटक पिटाई खानु परेका बताए । उनले कानुन व्यवसायीहरु अधिकारबाट बन्चित भएको विषयमा बोल्दा आफूले बार भित्रै कुटाई खानु परेको बताए ।

उनले देशको नियम कानुुन मान्ने वकिलहरुले नै आफूमाथि आक्रमण भएकोमा आपत्ती व्यक्र गरे । अदालतमा गुण्डागर्दी शैली बृद्धि भएको भन्दै बोल्न पनि नपाएकोमा गुनासो गरे । न्यायालय असफल बनाउन खोजिएको टिप्पणी गर्दै भने, ‘न्यायाधिशहरुलाई अलिकति पनि देश र जनताको माया छ भने विकट ठाउँबाट गम्भीर मुद्दा लिएर आएका धेरै छन् । उनीहरुलाई थप पीडा हुने भन्दै यसबाट हुने क्षतिको न्यायाधिसहरु नै जिम्मेवार हुनुपर्छ ।’

उनले आफूलाई आक्रमण गर्ने वकिलहरुले कानुन व्यवसायीहरुको सल्लाह अनुसार माफी मागेको बताए ।उनले भने,‘श्रीमानहरुले बेञ्च नबस्दा हामी जस्ता साना वकिलहरुलाई खान नपाएको भन्दै मैले अन्तवार्ता दिएपछि रिसले म माथि कुटपिट भएको हो ।’



प्रतिक्रिया दिनुहोस्