Logo

१९ वर्षीया ममता भइन् एमालेको वडा सचिव



कञ्चनपुर, कार्तिक १३ । जिल्लाको वेदकोट नगरपालिका ६ की ममता वडा सचिवमा चयन भएकी छिन्।

नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा सचिवमा चयन भएकी हुन् । त्यस्तै, वडा नम्बर ४ मा १५८ पार्टि संगठित सदस्यमध्ये चन्द्रा भट्ट वडा कमिटी अध्यक्षमा चयन भएकी छिन्।

वडा नम्बर ६ मा २० वर्षीया कविता पन्त उपसचिवमा चयन भएकी छिन् भने २० वर्षीया नै मनिषा थापा नगर अधिवेशन प्रतिनिधि छनौट भएकी छिन्।



प्रतिक्रिया दिनुहोस्