Logo

बार एशोसिएशन परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाए (भिडिओसहित)



काठमाडौं, १३ कार्तिक । हिजो दिउँसो नेपाल बार एशोसिएशनको परिसरमा कुटाकुट गर्ने वकिलहरुलाई ऋषि धमलाले मिलाएका छन्। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा ल्याएर पत्रकार धमलाले अधिवक्ताद्धय भूमिनन्द चुँडाल र विराट न्यौपानेलाई मिलाएका हुन् ।

चुँडालले नेपाल बार एशोसिएशन अहिले कमजोर भएको पनि टिप्पणी गरेका छन् । चुँडालले आफूले टिभीमा अन्तर्वार्ता दिएकै कारण अर्का अधिवक्ता विराटले आफूमाथि आक्रमण गरेको गुनासो पोखे । अर्का अधिवक्ता विराट न्यौपानेले भने चुँडालको न्यायापालिकाभित्र प्रभावशाली व्यक्ति भएको सुनाए । उनले आफूले चुँडाललाई कुटपिट नगरेको जिकिर गरे । हातले हान्नमात्रै खोजेको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्