Logo

सुदूरपश्चिम प्रदेशका सभामुखद्वारा बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको अवलोकन



बझाङ, १३ कात्तिक: सुदूरपश्चि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको अवलोकन गरेका छन् ।

गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको शनिबार उनले अवलोकन गरेका हुन्।

सभामुख थापाले जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको सदरमुकाम चैनपुरस्थित डुङ्ग्री बजार र कुइया पानीलगायतका क्षेत्रमा बस्दै आएका बाढीपहिरा पीडितको अवस्था बुझ्नुका साथै डुङ्गी खोलाले क्षति गरेको खेतीयोग्य जमिन, घर, पुल र लघु जलद्यिुत्को स्थलगत अवलोकन गरेका छन् ।

सभामुख थापासँग बाढीपहिरापीडित मष्टा गाउँपालिकाका रामचन्द्र रोकाया, जयपृथ्वी नगरपालिकाका रामबहादुर ऐडीले खोलाले बगाएका घरमध्ये कतिपय पूर्णरुपमा र कतिपय आंशिक क्षति भएका छन् । बाढीपहिराको जोखिममा रहेकाले सो बस्ती सार्नुपर्ने र पुनर्वासको व्यवस्था गरिदिन स्थानीयवासीले सभामुख थापासँग आग्रह गरे ।

बाढीपहिरा पीडितको गुनासो सुनेपछि सभामुख थापाले तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारमार्फत राहत प्याकेजका कार्यक्रम आगाडि बढाउने बताउँदै बाढीपहिरा पीडितका लागि दीर्घकालीन योजना बनाउनुपर्ने र कतिपय मानिसको उठीबाससमेत भएकाले त्यस्ता घरपरिवारको विकल्प खोज्नतर्फ आफू लाग्ने उल्लेख गरे ।

सो टोलीमा जिल्ला समन्वय समितिका प्रमुख खड्क खड्का, जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्का, पत्रकार र सुरक्षाकर्मी रहेका थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्