Logo

आर्यन खानको २६ दिन हिरासत र जेलको बास कस्तो ?



एजेन्सी, १३ कात्तिक । बलिउड स्टार शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खान हिरासत र जेलमा गरी २६ दिन बसेर आज धरौटीमा रिहा भएका छन् । २२ दिन उनी मुम्बईको आर्थुर रोड जेलमा बसे । उनीविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा छ । अदालती प्रक्रियापछि उनी बल्ला आज रिहा भए ।

आर्यन खानको विषयलाई लिएर भारतमा राजनीतिक रङ्ग पनि दिन खोजियो । सत्तारुढ भाजपाले आर्यनलाई पक्राऊ गर्नुमा शाहरुखलाई दुःख दिन भएको विषय पनि उठाइयो । तर, भारतको लागूऔषध नियन्त्रण ब्युरोले उनीसहितका केही व्यक्तिहरुलाई क्रुज जहाजमा लागूऔषध पार्टि गरेको आरोप छ ।

आर्यन सुखसयलमा हुर्किएका सेलिब्रिटी हुन् । तर, उनले २३ वर्षकै उमेरमा जेल जानुपर्यो जहाँ उनी अन्य कैदीबन्दी सरह रहनु परेको थियो । त्यहाँ उनले सामान्य खाना खाएका थिए । पिता साहरुख खानले छोराका लागि केही हजार रकम पनि पठाइदिएका थिए । उनलाई खानेकुरा किन्नका लागि रकम पठाइदिएका थिए ।

आर्यनको साथमा क्रुज जहाजमा भएका अरबाज मर्चेन्ट र मुनमुन धमेचा पनि धरौटीमा रिहा भए ।

आर्यन आर्थुर रोड जेलबाट रिहा हुँदा ठूलो संख्यामा मिडिया पुगेका थिए । उनको स्वागतका लागि बाजागाजासहित समर्थक पुगेका थिए ।

आर्यनले धरौटीमा रिहा भएपनि कडा नियमको पालना गर्नुपर्नेछ । उनले लगाइएको आरोपको जस्तो कार्य गर्न पाउनेछैनन् । उनले आफूसँगै आरोप लागेकाहरुसँग सम्पर्क बनाउन पाउने छैनन् । मिडियामा यो मामलामा बोल्न पाउनेछैनन् ।



प्रतिक्रिया दिनुहोस्