Logo

मोदीको निम्तो पोप फ्रान्सिसद्वारा स्वीकार, छिट्टै भारत भ्रमण गर्ने



एजेन्सी, १४ कात्तिक। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसबीच भेटवार्ता भएको छ । उनीहरुबीच सनिवार भेटवार्ता भएको हो। भेटवार्ताकै क्रममा मोदीले पोपलाई भारत भ्रमणको निम्तो दिएका थिए। फ्रान्सिसले भारत भ्रमणको निम्तो स्वीकार गरेका छन्। पोपले मोदीको निमन्त्रणालाई ‘सबैभन्दा राम्रो उपहार’ भनेको जनाइएको छ ।

भेटका क्रममा मोदीले पोपलाई चाँदीको मैनबत्ती स्टायन्ड दिएका थिए। पोपले भने मोदीलाई ब्राँन्ज पट्टिका दिएका थिए। उक्त पट्टिकामा ओल्ड स्टेटमेन्टको एक पंक्ति लेखिएको बताइएको छ। मोदी र पोपबिच २० मिनेटको छलफल हुने बताइएपनि दुईजनाले करिब एक घण्टा छलफल गरेका थिए। यसअघि पोप जान पाल सन् १९९९ मा भारतमा आएका थिए। करिब २० वर्षपछि क्याथोलिक धर्म गुरुले अब छिट्टै भारत भ्रमण गर्ने बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्