एजेन्सी, १४ कात्तिक । बलिउड अभिनेत्री काजोल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफ्नो सुन्दर तस्विरहरु शेयर गर्दै आएकी छन् । काजोल त्यसैपनि स्टाइलिस्ट हुन् र ड्रेसमा पनि त्यत्ति नै ध्यान दिने गर्छिन् । तर, यसपटक भने उनी आफ्नै ड्रेसकै कारण ट्रोल भएकी छिन् ।
वास्तवमा दुबईमा आयोजित फिल्म फेयर मीडिल अचीवर्स अर्वाड नाइट्समा काजोल पुगेकी हुन् । सोही क्रममा अभिनेत्रीले कालो र सेतो कलरको आउटफिट लगाएकी थिइन् । भिडियोमा सेतो कलरको ड्रेस घाँटीभन्दा माथि सम्म पुगेको देखिन्छ । केही युजर्सले काजोलको यो लुकलाई कत्ति पनि मन पराएनन् ।
युर्जसहरुले जमेर काजोललाई ट्रोल बनाइरहेका छन् । कसैले त आफुलाई सुहाउँदो र आरामदायक कपडा लगाउन समेत काजोललाई सल्लाह दिएका छन् । कसैले यो भन्दा त बाइकको कवर लगाउनु राम्रो भन्दै प्रतिक्रिया दिएका छन् ।