Logo

नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि परिचयपत्र देखाउनुपर्ने



काठमाडौँ, १४ कात्तिक। नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु गरिएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो ।

नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको जनाइएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ ।-File photo



प्रतिक्रिया दिनुहोस्