काठमाडौं, १४ कात्तिक । शिक्षामन्त्री देवेन्द्र पौडेल बाग्लुङ पुगे । त्यहाँको निसीको दलित बस्तमिा खाना खाए ।
पौडेलले खाना खाएपछि भाँडा फालेनन् । आफूले खाएको भाँडा बोकेर माझ्न थाले । उनले माझेपछि सँगै गएका सुरक्षाकर्मी र सहयोगीहरुले समेत भाँडा माझेका थिए ।
माओवादी जनयुद्धमा समेत सहभागी भएका पौडेल उक्त पार्टीभित्र लोकप्रीय नेता मानिन्छन् । सैद्धान्तिक बहसमा पौडेल प्रभावशाली छन् ।
बागलुङ निसीको दलित बस्तीमा खाना खाए पश्चात आफ्नो भाडा आफै माझ्दै
माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल। pic.twitter.com/fz6NvImqlO— Dil Nisani Magar (@dil_nisani) October 31, 2021