काठमाडौं, १५ कात्तिक । सर्वोच्च अदालतले आज प्रत्यक्षीकरणका ६ वटा मुद्दामात्रै पेशी तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आन्दोलनरत न्यायाधीशहरुको हिजो वार्तामा भएको सहमति अनुसार सोमबार (आज) बन्दी प्रत्यक्षीकरणका मुद्दाहरुमात्रै तोकिएको हो ।
हिजो प्रधानन्यायाधीश जबराले डा मनोज शर्मामार्फत सन्देश पठाएपछि वार्ताको लागि न्यायाधीशहरु सपना मल्ल, अनिलकुमार सिन्हा र डा. मनोज शर्मासहितको टोली गठन भएको थियो । आइतबार नै उनीहरुले जबरासँग छलफल गरेका थिए । छलफलपछि जबराले आज बन्दी प्रत्यक्षीकरणका रिटमा मात्र इजलास तोकेका हुन् ।