Logo

वर्षाका कारण खानेपानीको हाहाकार



बैतडी, १५ कात्तिक: कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ । वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेको हो । गाउँमा ल्याइएको एकमात्र खानेपानी लाइनमा पहिराले क्षति पु¥याएसँगै दुई सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।

पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीयवासी केशवराज भट्टले बताए । गाउँमा दुई हप्तादेखि खानेपानीको अभाव भएको छ । उनले भने, “अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामीहरु दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौं ।” उनले भने , “गाउँमा आउने एकमात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो, खानेपानीका साथै सरसफाइमा समेत समस्या भएको छ ।”

खानेपानी अवरुद्ध हुँदासमेत गाउँपालिका र उपभोक्ता समितिले समेत कुनै चासो दिएको छैन । चडेपानीमा २० किलोमिटर टाढाको मूहान धरमघरबाट खानेपानी ल्याइएकामा सो खानेपानी समेत नआउँदा समस्या भएको हो । यसअघि चडेपानीमा गत असार दोस्रोसाता पनि पहिराले खानेपानीको संरचनामा क्षति पु¥याएपछि खानेपानीको अभाव भएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्