Logo

कोरोना प्रभावित व्यवसायीले ५ करोड रूपैयाँसम्म पुनर्कर्जा पाउने



काठमाडौं, कार्तिक १६। नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना महामारीको प्रभावले समस्यामा परेका उद्योगी व्यवसायीलाई आवश्यक ऋण उपलब्ध गराउन वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लुघवित्तलाई पुनर्कर्जाका लागि आवेदन दिन यस्तो आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले आगामी १९ मंसिरसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपक्षी, मौरी तथा मत्स्यपालन व्यवसाय गर्नेहरू पुनर्कर्जाका लागि योग्य हुनेछन् ।

यसैगरी, तयारी पोसाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, निजी तथा आवासीय विद्यालय, यात्रुवाहक स्थल यातायात पनि पुनर्कर्जाका लागि योग्य हुनेछन् ।

बैंक तथा वित्तीय संस्थासँगै अन्य व्यवसाय गर्नेहरूले पनि यही सूचनाका आधारमा विभिन्न बैंकहरूमा पुगेर आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक ऋणीले आफूले सुेवा लिँदै गरेको बैंक तथा वित्तीय संस्थाहरूबाट आवश्यक ऋणका लागि आवेदन दिन पाउने सो सूचनामा उल्लेख छ ।

यस्तो पुनर्कर्जामा सहभागी हुने कोरोनाका कारणले समस्यामा परेका उद्योगी र व्यवसायीले ५ करोड रूपैयाँसम्म पुनर्कर्जा पाउनेछन् । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आग्रह गरेको हो ।

कोरोना महामारीका कारण समस्यामा परेका निजी क्षेत्रले राहत नपाए धेरै उद्योग–व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै विगत लामो समयदेखि सरकारलाई घच्घच्याउँदै आएका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्