Logo

तीब्बतको पारिस्थितिक प्रणालीप्रति दलाई लामा चिन्तित, विश्वका नेतालाई अपील



एजेन्सी, १६ कात्तिक। आध्यात्मिक नेता दलाई लामाले तीब्बतको पारिस्थितिक प्रणालीबारे चिन्ता व्यक्त गरेका छन्। बढ्दो जलवायु संकटले एसियाको पानीको मुख्य स्रोतको रुपमा रहेको तीब्बतको पारिस्थितिक प्रणाली बिगारेको भन्दै लामाले चिन्ता व्यक्त गरेका हुन्।

‘पानीको लागि तीब्बत एसियाकै मुख्य स्रोत हो। पाकिस्तानको सिन्धु, भारतको गंगा र ब्रह्मपुत्र, चीनको येल्लो नदी, भियतनामको मेकाङ नदी आदिको स्रोत तीब्बत हो’, निर्वासित लामाले रेडियो फ्रि एसियासँग भनेका छन्, ‘त्यसैले एसियामा पानी संकट निम्तिन नदिन हामीले त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणमा ध्यान दिनु सबैभन्दा जरुरी छ। संसारका नेताले त्यहाँको पारिस्थितिक पद्धति संरक्षणमा ध्यान दिएमा तीब्बतीहरुको लागि मात्र नभई समग्र एसिया र अन्य मुलुकको हितकारी हुनेछ।’

तीब्बतबारे चिन्ता व्यक्त गर्दै लामाले विश्वका नेतालाई त्यहाँको पारिस्थितिक प्रणालीमा सबैभन्दा बढी जोड दिन अपील समेत गरेका छन्।-File Photo



प्रतिक्रिया दिनुहोस्