काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ ।
उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल तथा संयुक्त) इजलासमा सबै बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्रै सुनुवाई गरिएको छ । प्रधानन्यायाधीश जबराले भने आफूलाई कुनैपनि इजलास तोकेका छैनन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम