काठमाडौं, १७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ज्ञानको भण्डार भएपनि विवेक नभएको भनेका थिए । त्यसको जवाफ श्रेष्ठले आज दिएका छन् । उनले आफ्नो विवेकबारे आफैले दाबी नगर्ने बताए ।
पूर्वप्रधानन्यायधीश श्रेष्ठले आफ्नो विवेकबारे आफै दाबी नगर्ने बताएका हुन् । उनले आफूले गरेका निर्णयहरुमा कति विवेक पुगे वा पुगेनन् जनताले निर्णय गर्न सक्ने टिप्पणी गरेका थिए ।
पछिल्लो समय श्रेष्ठ जबराको राजीनामा माग्ने पूर्वप्रधानन्यायाधीशहरुको समूहमा छन् । राणाले श्रेष्ठलाई अगत्स्य ऋषि जत्तिकै ज्ञान भएको बताएपनि विवेक भने नभएको टिप्पणी गरेका थिए ।