Logo

प्रधानन्यायाधीश जबराकोमात्रै राजीनामा माग्नु गलत : शंकर पोखरेल



काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मात्रै राजीनामा माग्नु गलत भएको बताएका छन् । उनले प्रधानन्यायाधीश जबरासहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने टिप्पणी गरेका हुन् ।

आज (बिहीबार) दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले संसद् विघटनसम्बन्धी मुद्दामा परमादेश जारी गर्ने सबै न्यायाधीशहरुको राजीनामा मागेका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले आन्दोलन गरिरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्