काठमाडौं, १८ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भक्तपुरमा पुगेर आफ्ना विरोधीलाई चेतावनी दिए । हिन्दीमा बोल्दै उनले भने, जो हमसे टकराएगा, चुर चुर होजाएगा । आफूसँग जुध्नेलाई चकनाचुर बनाइदिने उनको चेतावनी थियो ।
नेपालले कर्णाली प्रदेशमा ओलीलाई धक्का दिएको घटना स्मरण गराए । उठ्नै नसक्ने हालतमा पुर्याइदिएको टिप्पणी गरे । माधव नेपालले आफूलाई कडा शक्तिको संज्ञा दिदै जो ठोक्कियो उही चकनाचुर हुने बताए । उनको संकेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ बढी थियो । ओलीलाई राजनीतिमा रुपमा चकनाचुर बनाइदिने नेपालको चेतावनी थियो ।
माधव नेपालले ओलीको एकपछि अर्को प्रहार कुरेर अन्तमा एमाले नै विभाजन गराए । एमालेलाई एकपछि अर्को गर्दै सुन्यमा झारिदिने क्रम बढाएका छन् ।
ओली संघीय सांसद, प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिको संख्याका हिसाबले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार भन्दा निकै बलिया भएपछि केन्द्र देखि प्रदेशसम्म सत्ताबाट बाहिर बनाइदिए ।
माधवकुमार नेपालले रणनीतिक चार्तुयताका साथ ओलीलाई एकपछि अर्को धक्का दिए । केन्द्रमा ओली नेतृत्वको सरकार थियो । प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार थियो । तर, सबै तासको घर झैं ढल्यो । यसमा माधव नेपाल नै मुख्य खेलाडी बने । कर्णालीमा माओवादी नेतृत्वको सरकार ढालेर एमालेको बनाउने ओलीको प्रयास पनि नेपालले विफल पारिदिए ।
त्यसैले माधव नेपालले आफूसँग टकराउने चकनाचुर हुने टिप्पणी गरे । उनको संकेत ओलीतर्फ थियो । जो अहिले सत्ताबाट बर्हिगमन भई निरन्तर कमजोर बन्दै गएका छन् ।-File Photo