Logo

योगेशलाई जगन्नाथ खतिवडाको जवाफ : जस्ता “बा” उस्तै “बाबु”!!’



काठमाडौं, १८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईलाई जस्ता बा, उस्तै बाबु भन्ने संज्ञा दिएका छन् । उनले बा’ भनेर अध्यक्ष केपी शर्मा ओलीलाई भनेका हुन् । एमालेले हिजो १०औं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै योगेशले पार्टीको महाधिवेशनमा माधव नेपाल नेतृत्वको पार्टीलाई निम्तो नदिईएको र नबोलाउने बताएका थिए । उनले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको बच्चाको संज्ञा दिएका थिए ।

भट्टराईलाई जवाफ दिँदै नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख खतिवडाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्-‘निम्तो गर्दिन भनेर एक पार्टीले औचित्यहिन बकवास गरेछ।सक्कली “तमासा” भनेको यहि नै हो। न निम्तो गर्नै पर्ने बाध्यता हुन्छ न त जानै प्र्ने अनिबार्यता ।अझ राजनीती/ कुटनीतिमा निम्तो गरेर मात्र हुदैन – निम्तो मान्न जाने कि नजाने आफ्नो कुरा हुन्छ। दुष्ट मतिको संक्रमण कति चाडै भएछ- जस्ता “बा” उस्तै “बाबु”!!’



प्रतिक्रिया दिनुहोस्