Logo

काठमाडौंको माकलबारीमा पौडी खेल्दा पुरुषको मृत्यु



काठमाडौं, १८ कात्तिक । काठमाडौंको गोकर्णमा बाग्मती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा पसेका ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै पौडी खेल्न गएका साथीहरु २ जना भने सकुशल छन् । प्रहरीको अनुसार मृतक मादक पदार्थ सेवन गरेर पौडी खेल्न नदीमा पसेका थिए । उनी कागज, बोतल टिपेर गुजारा चलाउदै आएका हुन् । हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्