Logo

डा. महतले महामन्त्रीमा उम्मेद्धवारी दिने, प्रवक्ता शर्मासँग भेट



झापा, १८ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गरेका छन् । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा कार्यकर्तासँग भेटघाट गर्दै महतले लामो समय एउटै पदमा नबस्ने उल्लेख गर्दै सहमहामन्त्री पदको ‘सह’ यसपाली हटाउने इच्छा भएको बताएका हुन् ।

उनले छिटै महामन्त्री पदको उम्मेद्वारी घोषणा गर्ने बताए । कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए । ताप्लेजुङबाट विर्तामोडस्थित पार्टी कार्यालयमा आउनुअघि डा महत महामन्त्रीको उम्मेद्वारी घोषणा गरेका प्रवक्ता शर्मालाई भेट्न मेचीनगरस्थित उनको निवास पुगेका थिए ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्