जनकपुर, २१ कात्तिक । महोत्तरीमा देउसी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । शनिबार राति देउसी खेल्ने क्रममा ट्रयाक्टरबाट लडेर गौशला नगरपालिका–४ का २२ वर्षीय अजय रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवाहरुको एक समुह भाइटिकाको दिन देउसी खेल्नेको लागि ट्रयाक्टर चढेर रजखोरेदखि रामनगर तर्फ जाने क्रममा द्ुर्घटना भएको थियो ।
टाउकोमा गम्भिर चोट लागेको रानाको उपचारको क्रममा प्रादेसिक अस्पताल जनकपुरमा निधन भएको हो ।