Logo

अदालतको समस्या र एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै



काठमाडौं, २१ कार्तिक । पछिल्लो समय सर्वोच्च अदालतभित्र देखिएको विवाद र एमसीसीको सम्बन्धमा साझा धारणा बनाउनेगरि पाँच दलीय सत्तारुढ गठबन्धनको शीर्ष नेताहरु छलफलमा बस्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज÷भोलिभित्रै गठबन्धनको बैठक बस्ने जानकारी दिए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीको दाहालले सकेसम्म आजै बैठक बस्ने बताएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले आन्दोलन गरिरहेको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राखिने बारका पदाधिकारीले बताउँदै आएका छन् । उता, न्यायाधीशहरु नै इजलास बहिष्कारमा उत्रिएका छन् । उनीहरुले पनि प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने अडान राखेका छन् ।

अदालतभित्रको समस्या समाधानको लागि राजनीतिक रुपमै पहलकदमी लिनेगरि गठबन्धनको बैठक बस्ने लागेको अर्का एक नेताले जनाए । त्यस्तै, अमेरिकी सहयोग सम्झौता एमसीसी संसद्बाट पारित गर्ने वा नगर्ने भन्ने सवालमा पनि गठबन्धनभित्र एकरुपता छैन् ।

बेलायत भ्रमणबाट फर्कने क्रममा एयरपोर्टमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौं भनेर आफू र प्रचण्डले अमेरिकालाई पत्र लेखिसकेको खुलासा गरेपछि राजनीति तरंगित बनेको छ ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएपछि प्रचण्डले उनको भनाईलाई खण्डन गरेका थिए । उनले एमसीसीमा भएका गलत प्रावधान नसच्याएसम्म संसद्बाट पारित नगर्ने र सच्याएपछि मात्रै पारित गरिने बताएका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्