Logo

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपति भेट्न ओली शितलनिवास पुगेका थिए ।

उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । पछिल्लो समय सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको अवस्था छ ।

उता, एमसीसीको बारेमा पनि अहिले बहस चर्किएको छ । खासगरी प्रधानमन्त्री शेरबहादुुर देउवाले बेलायतबाट फर्कने क्रममा आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकालाई एमसीसी पारित गर्छौं भनेर पत्र लेखिसकेको खुलासा गरेपछि नेपाली राजनीति तरंगित बनेको हो । प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ । file photo



प्रतिक्रिया दिनुहोस्