काठमाडौं, २१ कात्तिक । कोरोना महामारीको कारण २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली (इपीएस) मंसिरदेखि खुल्ने भएको छ । कोरोना नियन्त्रणमा कमी आएसँगै ईपिएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजार भन्दा बढी नेपाली कामदार लैजान कोरीयाले प्रक्रिया अगाडी बढाउने भएको हो ।
कोभिड–१९ को कारण भाषा पास गरेका नेपाली कामदार जान पाएका थिएनन् । कोरीयाको श्रम मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार रोजगारीका लागि १६ वटा देशबाटै मजदुरहरु जान पाउने भएका छन् ।
नेपाल लगायत केही देशहरुका कामदारले कोरीयामा प्रवेश गर्न नपाउँदा कृषि र उत्पादनमुलक क्षेत्रमा अभाव हुन थालेको छ । कोरीयामा श्रम स्वीकृति प्राप्त गरी ६५ हजार नेपाली कामदार रहेका छन् ।