काठमाडौं, २१ कात्तिक । आज देखि भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा नेपालकै पहिलो स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ ।
भारतको ओमेगा इन्जिनियरिङले निर्माण गरेको स्मार्ट पार्किङ २५ मिटर अग्लो छ । यसमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने छ । ११ तलाको भर्टिकल पार्किङमा चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्ने सुपरमार्केटले जनाएको छ ।
कम्पनीको अनुसार एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्म पार्किङ गर्न सकिनेछ । भर्टिकल पार्किङको लागत फिनिसिङसहित करिब सात करोड रुपैयाँ परेको भाटभटेनी सुपरमार्केट स्रोतले जनाएको छ ।
गाडीलाई पार्किङको तल्लो भागमा पु¥याए पछि स्वचालित रुपमा माथिल्लो तलामा गएर बस्ने छन् भने तल लिनका लागि कार्ड स्वाइप गरे पुग्ने छ ।
पार्किङका लागि विभिन्न प्रविधि उपलब्ध रहेकोमा भाटभटेनीमा निर्माणाधीन सो पार्किङका लागि भर्टिकल लिफ्टिङ पार्किङ सिस्टम अर्थात टावर पार्किङको प्रयोग गरिएको निर्माता कम्पनीले जनाएको छ ।