काठमाडौं, २१ कात्तिक । आइसिसि टि–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्यान्ड समक्ष १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा १२४ रन जोडेको हो ।
जसमा अफगानिस्तानका नाजिबुल्लाह जद्रानले सर्वाधिक ७३ रन जोडे । जद्रानले ४८ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ७३ रन जोडेका हुन् । कप्तान मोहम्मद नाबीले १४ रन मात्र बनाए ।
यस्तै, गुलबदीन नाबीले १८ बलमा १५ रन जोड्दा मोहम्मद शाहजाद, रहमानउल्लाह गुर्बाज लगायत अन्य खेलाडिले दोहोरो रन जोड्न सकेनन् ।
न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए ।
यस्तै, टिम साउथी र ईस सोधीले समान २÷२ विकेट लिए भने एडम मिल्नेले १ विकेट लिए ।
आजको यस खेल यी दुई टोलीका लागि मात्र होइन् भारतको लागि पनि निकै महत्वपूर्ण रहेको छ ।
आजको खेलमा न्यूजिल्यान्डले जित निकालेमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने भारतको सेमिफाइनलको यात्रा टुङ्गिने छ ।
तर, अफगानिस्तानले जित हात पारे, न्यूजिल्यान्ड, अफगानिस्तान र भारत तिनै टोलीलाई सेमिफाइनलको लागि खेल्ने पाउने मौका मिल्नेछ । आजको खेलमा अफगानिस्तान र न्यूजिल्यान्डको भन्दा पनि भारतको विश्वकप यात्रा के होला भन्ने चाँसो सर्वत्र रहेको छ ।