Logo

एक हप्ताभित्रै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बिडारीको खुलासा (भिडिओसहित)



काठमाडौं, २२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले पाँच दलीय गठबन्धनले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई के गर्ने वा नगर्ने भनेर नबोल्ने स्पष्ट पारेका छन् । उनले भने,‘जबसम्म प्रधानन्यायाधीशले आँफैले यो समस्या समाधान गर्ने परिस्थिति देख्छ, तबसम्म पाँच दलीय गठबन्धन चुप लागेर बस्छ । तर, जब दलले प्रधानन्यायाधीशले अब यो समस्या सेटल गर्न सक्दैनन् भन्ने देख्छन, तब दलले हस्तक्षेप गर्नुपर्छ । मेरो विचारमा अब दलले छिट्टै हस्तक्षेप गर्छ । कति दिनभित्र हस्तक्षेप गर्छ भन्नेबारे अहिले कुनै निर्णय भएको छैन् । तर, चाँडै निर्णय हुन्छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै उनले यस्तो बताएका हुन् । उनले आगामी एक हप्ताभित्र प्रधानन्यायाधीशलाई राख्ने वा नराख्नेबारे गठबन्धनमा निर्णय हुने सनसनीपूर्ण खुलासा गरे । उनले भने,‘राख्ने वा नराख्ने भन्दापनि उहाँले आँफै यो समस्या सेटल गर्नुहुन्छ । सेटल गर्न सक्नुभएन भने कानूनबमोजिमको काम हुन्छ । त्यो भनेको उहाँले नै भन्नुभएको छ नि, कानूनबमोजिम भनेको दुई वटा कुरा, एउटा उहाँलाई बोलाएर छलफल गरेर सहमति पनि गर्न सकिन्छ । उहाँलाई सम्मानजनक बहिर्गमन गराउन सकिन्छ । अर्को त्यो भएन भने, त्यो कुरा मिलेन भने महाभियोग लगाउने हो । त्यसको औषधी अरु छैन् । देश नै बिग्रिन लाग्यो, अदालत नै बिग्रिन लाग्यो, ध्वस्त नै हुनलाग्यो, डामाडोल नै हुनलाग्यो, न्यायाधीश र न्यायालय रक्तपात हुन लाग्यो भने पार्टीहरु चुप लागेर बस्छ त ?’



प्रतिक्रिया दिनुहोस्